एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको कप्तान पनि सन्दीप

नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सन्दीप लामिछाने नै कप्तान बन्ने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले टी–२० को कप्तान सन्दीपलाई नै एकदिवसीयमा पनि जिम्मेवारी दिने निर्णय गरेको छ ।उपकप्तानको नियुक्ति चाहिँ आवश्यक अवस्थामा प्रशिक्षकले नै गर्ने भनिएको छ ।

विश्व क्रिकेट लिग–२ को अन्तर्गत नेपालले चैत पहिलो साता युएईमा त्रिकोणात्मक श्रृङ्खला खेल्दैछ । त्यसकै तयारीका लागि नेपालले श्रीलंकामा प्रशिक्षणसहित अभ्यास खेल खेल्ने तय भएको छ । सचिव मल्लले नेपाली टोली २र३ दिनमा श्रीलंका प्रस्थान गर्ने जानकारी दिए । नेपालले श्रीलंकामा स्थानीय टोलीहरुसँग चारवटा अभ्यास खेल खेल्नेछ ।

विश्वकप लिग–२ शृंखलामा नेपालले पपुवा न्युगिनी र युएईसँग एकदिवसीय खेल खेल्नेछ । यो सन् २०२३ को विश्वकपका लागि छनोटको प्रारम्भिक चरण पनि हो ।

युएईमा नेपालको खेल स्

२ चैतमा पपुवा न्युगिनीविरुद्ध

४ चैतमा युएईविरुद्ध

७ चैतमा युएईविरुद्ध

८ चैतमा पपुवान्युगिनीविरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *