कामना सेवा विकास बैंकको थप ३ शाखा चितवनमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले चितवनको खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजारमा १३० औं कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१ औं र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२ औं शाखा कार्यालय विस्तार गरेको हो ।

उक्त शाखाहरुमा बैंकले आजदेखि कारोबार शुभारम्भ गरेको छ । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यस संगै १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएक मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *