नवलपरासीमा एक अज्ञात समूहद्वारा चर्च तोडफोड

काठमाडौं । नवलपरासी सुस्ता पश्चिमको रामग्राम नगरपालिका १० मा चर्चमा तोडफोड भएको छ । आज एक अज्ञात समूहले अनधिकृत रुपमा बनेको चर्चमा तोडफोड गरेर उक्त स्थानमा हिन्दूको झन्डा गाडेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डिएसपी) भोजराज पाण्डेका अनुसार तोडफोडमा संलग्नको खोजी कार्य भइरहेको छ । ५/७ जनाको समूहमा आएको एक समुहले चर्च भत्काएको सिसीटिभी भुटेजमा देखिएको र त्यसैका आधारमा उनीहरूको खोजी भइरहेको छ ।

‘दुई तीन वटा चर्चमा तोडफोड भएको देखिएको छ । निवेदन पनि आएको छ । तर अहिलेसम्म कसले गरेको भन्ने एकिन भइसकेको छैन’, उनले भने, ‘सिसीटिभी फुटेजमा पाँच / सात जनाको समूहमा आएको देखिएको छ । त्यसको आधारमा खोजीकार्य जारी छ ।’
आज उक्त स्थानमा सद्भभाव र्याली गरिएको प्रहरी कार्यलय नवलपरासीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *