पाकिस्तानलाई चौथो झड्का, सन्दीप लामिछानेले लिए विकेट

काठमाडौं । एसिया कपको उद्घाटन खेलमा आज (बुधबार) नेपाल र पाकिस्ता खेलिरहेका छन् । पाकिस्तानको मुल्तान रंगशालामा जारी खेलमा पाकिस्तानले चौथो विकेट गुमाएको छ ।

नेपालका लागि चौथो विकेटका रुपमा सन्दीप लामिछानेले अघा सल्मानलाई लिएका हुन् । सल्मान १४ बलमा ५ रन बनाएर आउट भए ।

पाकिस्तानले तेस्रो विकटमा रुपमा मोहम्मद रिजवानलाई गुमाएको थियो । रिजवन नेपालका दिपेन्द्रसिंह ऐरीबाट रनआउट भएका हुन् । उनले पाकिस्तानका लागि ५० बलमा ४४ रन बनाए ।

यसअघि ओपनरद्वयलाई पाकिस्तानले सस्तैमा गुमाएको थियो । ओपनर फखर जमान १४ र अर्का ओपनर इलम उल हक ५ रन बनाएर आउट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *