सोलुखुम्बु दिप्लीघाटस्थित भत्किएको पुल तत्काल पुनःनिर्माण सुरु गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको दिप्लीघाटस्थित दुधकोशी नदीको भत्किएको पुल (बेलीब्रीज) तत्काल पुनःनिर्माण गर्न निर्देशन दिएका छन् ।

उक्त पुल तत्काल पुन:निर्माण गर्न प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई निर्देशन दिएका हुन् ।

अविरल वर्षाका कारण आएको बाढिले दिप्लीघाटको बेलिब्रिजलाई क्षतिग्रस्त बनाएपछि सोमबार यसबारे ध्यानाकर्षण गर्न पुगेको जिल्लाका स्थानीय तहका जनप्रतिनिधि नेतृत्वको टोलीसँगको कुराकानीपछि प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

कोशीपारि जोड्ने पुल भत्किएपछि त्यसको प्रत्यक्ष जनताले भोग्नुपर्ने ध्यानाकर्षण गराउँदै नेकपा (माओवादी केन्द्र), सोलुखुम्बुका अध्यक्षसमेत रहेका थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई नेतृत्वको टोली सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबार पुगेको थियो ।

उक्त टोलीले ध्यानाकर्षणपत्र बुझाएलगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्री ज्वालालाई फोनमार्फत पुल तत्कालै पुन:निर्माण गर्न निर्देशन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *