पोखरा । गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराले यही भाद्र ११ गते पोखराको छोरेपाटन स्थित रहेको मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
‘सेवा नै मुल धर्म हो’ भन्ने पवित्र भावनालाई आत्मसात गर्दै संघले उक्त आश्रममा अत्यावश्यक रहेका खाद्यान्न सामाग्री वितरण गरेको हो । संघकी अध्यक्ष अनिता गुरुङको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी आश्रमका प्रतिनिधिहरुलाई श्रीमति संघका पदाधिकारीहरुले खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रमकै अवसरमा उक्त आश्रमका प्रतिनिधिहरुले गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघप्रति आभार तथा धन्यवाद व्यक्त गर्दै भावी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताएका थिए ।





