सारुक मृत्यु प्रकरणमा नम्रताले मुख खोलिन्, भन्छिन्, ‘सारुक सम्भावना बोकेका कलाकार थिए’

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले सहकर्मी कलाकार सारुक ताम्राकारको निधन भएको लामो समयपछि मुख खोलेकी छिन्। गत असारमा आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका सारुकको मृत्युपश्चात नम्रतामाथि विभिन्न खाले प्रश्न उठिरहेका थिए । यसैबीच उनले सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै अनावश्यक रुपमा आफूलाई घटनामा जोडेको भन्दै बताएकी छिन् ।

उनी लेख्छिन् ‘स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए । उनी सहयोगी भावना भएका मिलनसार व्यक्ति थिए । यो घटनाले हामीलाई अचम्मित तुल्याएको छ । यस दुखद घडिमा मृत आत्मा को चिर शान्तिको कामना गर्दछु ! यो घटना केही समय पहिले घटे’को हो । तर अहिले आएर सामाजिक सञ्जालमार्फत म केही बोल्न बाध्य भए । सामान्य अवस्थामा पनि त्यति सारो मिडियामा आउने मान्छे होइन म । तर पश्चात एकलौटी रुपमा विभिन्न मिडियामार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरूपूर्वाग्रही हिसाबले लाग्नुभयो ।’

उनले आफूलाई सोध्दै नसोधी कपोलकल्पित समाचारहरु आएको भन्दै यसको यसको खण्डन समेत गरेकी छिन् । केही मिडियाहरूले यो पछी भ्यूजका लागी कपोकल्पित र तथ्यहीन समाचारहरु एकतर्फी रूपमा प्रसारण गरेको बताएकी छिन् ।

उनी भन्छिन्, यहाँ एकतर्फी रुपमा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे । त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ, SUICIDE जस्तो संवेदनशील विषयलाई GLORIFY गर्नु उचित हुँदैन ! पत्रकार देशको चौथो अङ्ग हो म उहाँहरूलाई सधैँ सम्मान गर्छु । स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो.. तर केही पित पत्रकारीता गर्ने अनलाइन मिडियाहरूबाट यो घटनापछि VIEWS का लागी जुन कपोकल्पित समाचारहरु एकतर्फी रूपमा प्रसारण गरियो यस्ता तथ्यहीन समाचार प्रति म धोर भर्त्सना गर्दछु।’

उनले यसबीचमा आफू प्रहरी कार्यालय पुगेर घटनाबारे बयान समेत दिइसकेको बताएकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *