काठमाडौं । ङादी ग्रुप पावरलाई १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ। आयोगको भदौ ८ गते शुक्रबार बसेको बैठकले हकप्रद निष्काशन गर्ने स्वीकृति दिएको हो ।
कम्पनीले उक्त हकप्रद सेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र हकप्रद जारी गर्नेछ । सेबोनको अनुमति पाएपश्चात कम्पनीले चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ ।
ङादीको हाल कायम चुक्ता पूँजी एक अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको छ। हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी तीन अर्ब ७० करोड २५ लाख रुपैयाँ पुग्नेछ ।





