

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छ्यौट गर्न ‘एसपीआईएल–डिजी’ प्रणाली आजदेखि सञ्चालनमा ल्याएको छ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठद्वारा संयुक्त रुपमा एक समारोहबीच एसपीआईएल–डिजी प्रणालीको शुभारम्भ गरेका हुन्।
सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपीआईएल–डिजीको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकमसम्मको बीमा दाबी फर्छ्यौट गरी भुक्तानीसमेत प्राप्त गर्न सक्नेछन्।
एसपीआईएल–डिजी डिजिटल प्रणाली भएको हुँदा अनलाइन भुक्तानीमार्फत कम्पनीमा बीमाशुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति विना बीमालेख खरिद गर्न सकिनेछ। बीमितले निश्चित रकमसम्मको बीमा दाबी फर्छ्यौट गरी भुक्तानी लिन र बीमा दाबीको अवस्थाका बारेमा जानकारीसमेत लिन सक्नेछन्। यसबाट समय र लागत घट्न जाने र झन्झटरहित तरिकाबाट बीमा सेवा लिन एवं प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

अर्थ सन्जाल