सांसद सिंहको प्रश्न : धार्मिक र जातिय द्वन्द्व भयो भने जनयुद्धको भन्दा धेरै मान्छे मर्नेछन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले, गौहत्याको घटनाप्रति सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले देशभित्र राष्ट्रिय जनावर गाईलाई काटेर भोज भतेर गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले सो घटना बाहिरि प्रभावबाट भएको हो कि भन्ने आशंका व्यक्त गरे। सरकारले कुनै प्रतिक्रिया नदिएको भन्दै यही निउँमा धार्मिक र जातिय द्वन्द्व हुनसक्नेतर्फ सचेत गराए। देशमा धार्मिक तथा जातिय द्वन्द्व भएमा जनयुद्धमा भन्दा धेरै मान्छे काटिने उल्लेख गर्दै त्यस्तो हुन दिनु नहुने बताए ।

उनले भने ‘हाम्रो राष्ट्रिय जनावरलाई खुलेआम काटेर भोज, भतेर गरिकन मिडियामा देखाउन गइराखेका छन् । के यो कुनै तत्वले वा बाहिरि प्रभावबाट त हुन गइराखेको छैन ? हाम्रो सरकारले यसप्रति के हेरिराख्नु भएको छ ? एक शब्द बोल्न सकिराखेका छैनन् ।

यदि यही निउँमा धार्मिक द्वन्द वा जातिय द्वन्द्व भयो भनेदेखि के हुने होला ? हामी माननीयहरुले पनि कहिल्यै सोचेका छौँ ? सरकारले संविधान अनुसार कानून लागू गर्नुस् । यदी कथं कदाचित यो द्वन्द्व नेपालमा भयो भने के हुन्छ ? कहिले हाम्रो सरकारले हामीले सोचेको छौँ ? नसोचेको नरसंहार यो देशमा हुन्छ । यसलाई रोक्नुपर्ने हाम्रो धर्म पनि हो । दायित्व पनि हो । यत्रो उपद्रो गर्नेलाई नेपाल सरकारको नियम अनुसारको कारबाही होस् भन्ने माग म राख्न चाहन्छु । धार्मिक, जातिय द्वन्द्व यो देशमा भयो भने जनयुद्धको भन्दा धेरै मान्छे काटिनेछन् । त्यो हुन नदिनको लागि हामी माननीयहरुले पनि बेलैमा सचेत भइकन सबैले आ–आफ्नो क्षेत्रबाट सचेत गराउनका लागि म अनुरोध गर्न चाहन्छु ।’

उनले गाई काट्नेहरुलाई कानूनी कारबाही गर्न माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *