काठमाडौं । ६० किलो सुन प्रकरणमा शंकास्पद भूमिका रहेको भन्दै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालय तानिएको छ।
गत साउन २ गतेको सुन तस्करी प्रकरणपछि पक्राउ परेका दावा छिरिङसँग नियमित सम्पर्क रहेको विवरणसहितका समाचारहरु सार्वजनिक भएपछि अधिकारीलाई मन्त्रालयमा तानिएको हो ।
अधिकारी गत फागुनमा अध्यागमन विभागका महानिर्देशक बनेका थिए।
अधिकारीले सुन तस्करीमा मुछिएका दावा छिरिङसँग पटक पटक सम्पर्कमा रहेर कुरा गरेको म्यासेजसहितका समाचारहरु सार्वजनिक भएका थिए ।




