काठमाडौं । बजारमा कालोबजारी बढेसँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आक्रामक रुपमा अनुगमन गर्न थालेको छ । कालोबजारी र मूल्यवृद्धि भएको गुनासो उपभोक्ताबाट आएपछि विभागले प्याजलक्षित बजार अनुगमन थालेको हो ।
दैनिक अनुगमन अन्तर्गत विभागले विभिन्न ठाउँमा अनुगमन गरेको छ । अनुगमनको क्रममा विभागले सचेतना देखि २० हजार रुपैयाँसम्मको जरिवाना गराएको छ । विभागले खाद्य वस्तु, तरकारी, भाँडाकुँडा पसल, किराना पसल लगायतमा अनुगमन गरेको छ ।
प्रयाग पोखरी, धुम्बाराही, नरेफाँट, इमाडोल, काठमाडौं बाँसबारी, कमलपोखरी, मखनगल्ली, एकान्तकुन र मध्य बानेश्वर लगायत स्थानमा अनुगमन गरेको हो ।
विभागले खरिद बिल बिजक राख्नु पर्ने, खरिद विल विजक नराखेको पसललाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लगाएको छ ।




