धादिङ बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, ८ जना घाइते

काठमाडौं । धादिङको गजुरी–२ चालिसेमा भएको दुर्घनामा परी ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बुधबार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

May be an image of 1 person and body of water

प्रहरीका अनुसार घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।  बसमा २३ जना यात्रु सवार रहेको पाइएको छ ।

तस्बिर : सामाजिक सञ्जाल 

Leave a Reply

Your email address will not be published. Required fields are marked *