काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्याे

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस गजुरीनजिकै त्रिशूलीमा खसेको छ। बुधबार बिहान कामाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका-१, छहराबाट त्रिशूली नदीमा खसेको हाे।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *