चार देशीय टी–२० सिरिज : नेपाललाई हङकङले दियो ८५ रनको लक्ष्य

काठमाडौं । मलेसियामा आज (मंगलबार)बाट सुरु भएको चार देशीय महिला टी–ट्वान्टी आई सिरिजमा अहिले नेपाल हङकङ खेलिरहेका छन् । पहिलो खेलमा नेपालले जितका लागि ८५ रनको लक्ष्य पाएका छन् ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनायो । नेपालका लागि सीता रानामगर एक्लैले ५ विकेट लिइन् ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेल्न लागेका हुन् । नेपालले २३ अगष्टमा कुवेत र २५ अगष्टमा मलेसियासँग खेल्नेछ । यदी नेपाल शीर्ष दुईमा रहन सके फाइनल २६ अगष्टमा खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *