काठमाडौं । सेयर बजार सोमबार पनि दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक १२.९३ अंकले घटेर १९९८.२८ को विन्दुमा झरेको छ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक १.५० अंकले घटेर ३८२.६२ को विन्दुमा आर्लेको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन नेप्सेमा सूचीकृतमध्ये २७२ कम्पनीका ४१ लाख ६३ हजार ८७२ कित्ता सेयर १ अर्ब ४० करोड ८९ लाख ८१ हजार ६०२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन जलविद्युत समूह सर्वाधिक १.४० प्रतिशतले ओरालो लागेको छ। वित्त समूह१.३३ प्रतिशत घट्दा बैंकिङ समूहमा ०.३५ प्रतिशत, विकास बैंक समूहमा ०.३६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६८ प्रतिशत, लगानी समूहमा ०.७५ प्रतिशत, जीवन बीमा समूहमा ०.७६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०७ प्रतिशत, लघुवित्त समूहमा ०.४२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४६ प्रतिशत, अन्य समूहमा ०.५७ प्रतिशत र व्यापार समूहमा १.१७ प्रतिशतको गिरावट आएको छ।
आज शिवम सिमेन्टको सर्वाधिक ८ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आईएमई लाइफ इन्स्योरेन्स, सोल्टी होटेल, घोराही सिमेन्ट, हिमालयन डिस्टिलरी, तारागाउँ रिजेन्सी होटेल, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा माई हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी र नबिल बैंकको सर्वाधिक कारोबार भएको छ।




