विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । नेकपा एमालेबाट उपसभामुख रहेकी सिर्जना दनुवारले बिरामी परेको भन्दै सभा सञ्चालनको जिम्मा कांग्रेसकै इस्राईल मन्सुरीलाई दिएपछि बहुमत पुग्ने स्थिति नभएपनि मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने भएका हुन् ।
सत्ता सझेदार दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । प्रदेशसभाको विश्वासका लागि मुख्यमन्त्री थापाले ४७ मत ल्यानै पर्छ । तर कांग्रेस मन्सुरीले बैठक संचालन गरेपछि गठबन्धनका ४६ सांसदले मात्र विश्वासको मत हाल्न पाउँछन्, किन भने सभाध्यक्षलाई मतदान प्रक्रियामा भाग लिन संवैधानिक अड्चन छ ।




