काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज सुनको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ भने २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।







