यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *