काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ योजनाहरुले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्।
क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरुलाई कर सहित ६.५ प्रतिशतका दरले र सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरुका लागि करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले भने इकाईधनीहरुलाई भने कुनै प्रतिफल वितरण नगर्ने भएको छ।




