न्यू लक्ष्मी ईट्टा उद्योग र कुमारी बैंकबीच ऐतिहासिक सम्झौता

कञ्चनपुर । न्यू लक्ष्मी ईट्टा उद्योग प्रा.लिले कुमारी बैंक लिमिटेड संग ऐतिहासिक सहकार्य गर्ने सम्झौता भएको छ। बुधबार न्यू लक्ष्मी ईट्टा उद्योग प्रा.लि बेलाैरीका प्रमुख सुरज श्रेष्ठले बैंक संग पहिलो र नौंलो ऐतिहासिक सम्झौता भएको हाे ।

कुमारी बैंकका ग्राहक,कर्मचारी, डेविट क्रेडिट कार्ड प्रयाेगकर्ता र खातावाला सेवाग्राही लगायतका सदस्यहरुलाई ईट्टा खरिदमा १० प्रतिशत छुट प्रदान गरिने सम्झौता भएको छ ।”

बैंकले सेवाग्राहीलाई सहजै घरकर्जा उपलब्ध गराउने जनाका छन् । दक्षिणी क्षेत्रकै उच्च गुणस्तरीय ईट्टा उत्पादन गर्ने उद्योगकाे रुपमा स्थापित न्यू लक्ष्मी ईट्टा उद्योग प्रा.लि अर्थात “नयाँ ईट्टा”ले पहिलोपटक सर्वसाधारण सेवाग्राहीलाई दाेहाेराे लाभकाे याेजना ल्याएको प्रमुख श्रेष्ठले बताए ।

बैंकले सहजै घरकर्जा दिने र यता ईट्टा खरिदमा १० प्रतिशत छुट पाइने भएपछि अब हरेक परिवारकाे सुनाैलाे सपना पूरा हुने विश्वास समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *