यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ७५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *