काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने आश्वासन देखाएर ठगिएको भन्दै थप १८ जना पीडितले उजुरी हालेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा झन्डै दुई करोड ठगिएको भन्दै छुट्टाछुट्टै किटानी जाहेरी परेको हो ।
प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले दिएका जानकारी अनुसार १८ जनाले १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगिएको उजुरीमा दाबी गरेका छन् । उजुरी दिनेमा काठमाडौंसहित लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवनलगायतका जिल्लाहरूका पीडित रहेका छन् ।
उक्त जाहेरी दरखास्त आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको रेग्मीले बताए । यस प्रकरणमा पूर्व उप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायत पुर्पक्षका लागि थुनामा छन् ।




