नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन् । बैंकका विभिन्न शाखाका कार्यरत कर्मचारीलाई नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मनिशा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपा विष्ट छन् ।

उनीहरूलाई काठमाडौं प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरूमाथि शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लागेको छ ।

पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *