विद्युत बिक्री आम्दानीसँगै घट्यो चिलिमेको खुद नाफा, ईपीएस कति ?

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्म चिलिमे जलविद्युत कम्पनीको खुद नाफामा गिरावट आएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी र सञ्चालन मुनाफा घटेसँगै नाफा प्रभावित बनेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद नाफा ७.९२ प्रतिशतले घटेर ६९ करोड ४५ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७५ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४.४९ प्रतिशत घटेर १ अर्ब १२ करोड ८६ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब १८ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सो अवधिमा कम्पनीको ९.३५ प्रतिशत घटेको छ। खुद नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ६० पैसा घटेर ९ रुपैयाँ ५७ पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात ५६.६६ गुणा रहेको छ।

७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ३ अर्ब ३० करोड १६ लाख रुपैयाँ सञ्चित छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *