अप्पर लोहोरे हाइड्रोको आईपीओ सोमबार बाँडफाँट हुने

काठमाडौं । अप्पर लोहोरे हाइड्रोपावर कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म निष्काशन खुला गरेको आईपीओ सोमबार बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार साँझ ५ बजे आइपीओ बाँडफाँटको तयारी गरिएको छ । उक्त कम्पनीको आईपीओका लागि १३ लाख ४३ हजार २६ जनाले १ अर्ब ५१ करोड ३२ लाख २१ हजार रुपियाँ बराबरको १ करोड ५१ लाख ३२ हजार २ सय १० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले सर्वसाधारणका लागि १९ लाख ५३ हजार २ सय ७९ कित्ता आईपीओ निष्काशन खुला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *