कारोबारमा आएको पहिलो दिनमै घोराही सिमेन्टको सेयरमूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । कारोबारमा आएको पहिलो दिनमै घोराही सिमेन्टको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । आज (आइतबार) देखि धितोपत्र बजारमा कारोबारमा आएको कम्पनीको आईपीओ ९.९९ प्रतिशतले घटेर कारोबार बन्द भएको हो ।

नेप्सेको स्पेशल प्रि ओपन सेसनमा ५६५.५ रुपैयाँमा ओपनिङ कारोबार भएको कम्पनीको आईपीओ ५०९ रुपैयाँमा बन्द भएको छ ।

नेप्सेमा सूचीकृत भएर आइतबारदेखि मात्रै कारोबार सुरु भएको कम्पनीको २३ करोड १५ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन सो कम्पनीको ४ लाख ४६ हजार ६८७ कित्ता सेयर किनबेच भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *