अर्थमन्त्रीले गभर्नर र बैंकका सीइओहरुलाई छलफलका लागि बोलाए

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्रबैंकका गभर्नरसहित वाणिज्य बैंकका सीइओहरुलाई छलफलका लागि बोलाएका छन् ।

अर्थमन्त्रालयले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल बैंकर्स संघ(एनबीए)मार्फत आइतबार(आज) साँझ ५:३० बजे छलफलका लागि बोलाएको हो।

बैंकका सीईओहरुलाई ब्याजदर लगायतका विषयमा छलफल गर्न बोलाइएको बुझिएको छ । छलफलमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अन्य अधिकारीहरु समेत सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *