काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ५.१३ अंकले बढेर २०६६.०५ को बिन्दुमा पुगेको छ ।
यस दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १.१० अंकले बढेर ३९४.१५ को बिन्दुमा पुगेर बन्द भएको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका ५५ लाख ३ हजार २१ कित्ता सेयर २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४६ रुपैयाँमा किनबेच भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटामा सूचक घटेको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २.६७ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह १.१० प्रतिशतले बढ्दा जलविद्युत समूहमा ०.३१ प्रतिशत, लगानी समूहमा ०.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६६ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२५ प्रतिशत र अन्य समूहमा ०.४९ प्रतिशतको बढोत्तरी भएको छ।
आज वित्त समूह सर्वाधिक ०.३९ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूहमा ०.२८ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.०१ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत र लघुवित्त समूहमा ०.१५ प्रतिशतको गिरावट आएको छ।
यो दिन सोल्टी होटेलको सर्वाधिक १६ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज अभियान लघुवित्तका सेयरधनीहरुले धेरै कमाएका छन् । यो लघुवित्तको सेयरभाउ ९ प्रतिशत बढीले बढेको छ।
आज हिमालयन लघुवित्तका सेयरधनीहरुले धेरै गुमाएका छन् । यो लघुवित्तको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।




