साेलुखुम्बुमा उत्पादित आलुकाे सुपथ बजार अब काठमाडाैंकाे दरबारमार्ग

काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा उत्पादित आलु काठमाडाैंकाे दबारमार्ग ल्याएर बिक्री गरिने भएकाे छ । थुलुङ दुधकाेशी ७, देउसाका किसानले फलाएका सेतो आलु पालिकाले नै दरबारमार्ग ल्याएर सुपथ मुल्यमा बिक्री वितरण गर्ने भएको हाे ।

गाउँपालिकाको कृषि एमबुलेन्सबाट ल्याइएको आलु आउँदो शनिबार दरबारमार्गस्थित रैथाने कृषि हाटबजारमा बिक्रीवितरण हुन लागेको हो । सो दिन गाउँपालिका अध्यक्ष असीम राईको उपस्थिति रहने बताइएकाे छ । स्थानीय कृषकले उत्पादन गरेको कृषि जन्य उत्पादनलाई बढावा दिने कार्यक्रमका साथै कृषकको आवश्यकता अर्थात् उत्पादित वस्तुको बजारीकरण सहजीकरणका लागि गाउँपालिकाले अघिल्लो वर्ष कृषि एम्बुलेन्स खरिद गरेको थियो ।

साेही कृषि एम्बुलेन्सबाट गाउँपालिकाले निशुल्क रुपमा देउसाको आलु काठमाडौंसम्म ढुवानी गरी बजारीकरण गरेको हो । गाउँपालिकामा उत्पादित कृषि उपजलाई थप वृद्धि गर्ने तथा त्यसको बजारीकरण गरेर स्थानीय आम्दानी बढाउनका लागि यो काम गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । आफ्नो पहिलो कार्यकालमा अनुदान र प्राविधिक सहयोग गरेको र अहिले उत्पादित कृषि उपजको बजारीकरणलाई तीव्रताका साथ अघि बढाइरहेको बताउँदै गाउँपालिका अध्यक्ष राईले अहिले बजार खोजिदिने काम सुरु गरेकाे बताए ।

                                                गाउँपालिकाकाे कृषि एम्बुलेन्स

देउसासहित थुलुङ दुधकोशी गाउँपालिकाको विभिन्न ठाउँमा फलेको अर्गानिक आलु प्रत्येक शनिबारको दिन बिहान ६ बजेदेखि १२ बजेसम्म दरबारमार्गको रैथाने हाटबजारमा तथा हरेक दिन काठमाडौंकै रैथाने एग्ग्री प्रोडक्टस नेपाल चप्पल कारखाना बाट पनि किन्न सकिने व्यवस्था गरिएको गाउपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । उनका अनुसार नि:शुल्क होमडेलिभरीको व्यवस्थासमेत गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *