एनएमबिका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट

एनएमबि बैंकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरसँग द्विपक्षीय सम्झौता गरेको छ ।

सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत पाउनेछन् ।

अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग ९भर्ना०, फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *