

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा तीन लघुवित्त वित्तीय संस्थाको १ करोड ९८ लाख १४ हजार ९ सय ७२.८९ कित्ता सेयर सूचीकृत भएको छ । मर्जरपछि सानाकिसान विकास लघुवित्त, विजय लघुवित्त र आशा लघुवित्तको नाममा उक्त सेयर आज सूचीकृत भएको हो ।
यसैक्रममा आरएमडीसी लघुवित्तलाई १ः०.८७ को अनुपातमा मर्ज गर्दा कायम हुन आएको १ करोड ३६ लाख ४ हजार ५ सय ६९.३ कित्ता सेयर आज साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नाममा सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट सेयर कारोबार हुने ८४८.३६ ओपन रेञ्ज निर्धारण गरिएको छ ।
त्यसैगरी नयाँ सारथी लघुवित्तलाई १ः१ को अनुपातमा मर्ज गरेपछि कायम हुन आएको ३६ लाख १० हजार ४ सय ३.५९ कित्ता सेयर विजय लघुवित्तको नाममा सूचीकृत भएको छ । सूचीकरण भएसँगै सोमबारबाट सेयर कारोबार हुने र रु ७०३.५५ ओपन रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।

अर्थ सन्जाल