भिजी इम्पेक्स र एभरेष्ट बैंकबीच फाइनान्सिङ सुविधाका लागि सम्झौता

काठमाडौं । भिजी इम्पेक्स र एभरेष्ट बैंकबीच फाइनान्सिङ सुविधाका लागि सम्झौता भएको छ। जिडब्लुएम सवारीसाधनहरूको आधिकारिक आयातकर्ता भिजी इम्पेक्सले एभरेष्ट बैंकसँग सवारीसाधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता गरेको छ।

भिजीले हाभल जोलायन, हाभल एच ६, पावर र विंगल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारीसाधनहरु आयात गर्दै आएकाे छ । सम्झौतामा भिजी इम्पेक्स–जिडब्लुएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंकका उप–महाप्रबन्धक गौरव कुमारले जिडब्लुएमका सवारी साधनलाई ग्राहकहरूका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन्।

जिडब्लुएमका कुनै पनि सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्ने उद्देश्यले यो सहकार्य गरेको बताइएको छ। यसले ग्राहकहरूलाई प्रतिस्पर्धी ब्याजदरहरू, डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ। जुन ग्राहकहरूले आफ्नो आवश्यकताहरूको आधारमा छनौट गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *