काठमाडौं । हालसम्म ४ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्मको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंकमा सिटिजन्स बैंक इन्टरनेसनल रहेको छ । त्यसैगरी, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक र सानिमा पनि गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
यी ४ बैंकमध्ये सिद्धार्थको नाफा सबैभन्दा बढी रहेको छ । सिद्धार्थको नाफा ३ अर्ब १९ करोड १ लाख रुपैयाँ रहेको छ । त्यसैगरी दोस्रोमा सानिमा बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
सिटिजन्स बैंकको नाफा पनि २ अर्बभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म सिटिजन्सको नाफा २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यी ४ बैंकमध्ये सबैभन्दा कम नाफा माछापुच्छ्रे बैंकले कमाएको छ माछापुच्छ्रे बैंकले यो अवधिसम्म १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
नाफा वृद्धिमा भने सानिमा बैंक अगाडी रहेको छ । सानिमाले २५.१३ प्रतिशतले नाफा बढाउँदा सिटिजन्सले १०.४१ प्रतिशतले बढाएको छ । त्यस्तै, सिद्धार्थले ९.९१ प्रतिशत र
माछापुच्छ्रे बैंकले ९.७५ प्रतिशतले नाफा वृद्धी गरेको छ ।
वितरणयोग्य मुनाफा कसको कति ?
वितरणयोग्य मुनाफाका आधारमा सानिमा बैंक बलियो देखिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सानिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ
रहेको छ । माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सिटिजन्स बैंकको ९८ करोड ६० लाख रुपैयाँ र सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ।
कुन बैंकको वित्तीय अवस्था कस्तो ?
सिटिजन्स बैंक
खुद नाफा – २ अर्ब २१ करोड रुपैयाँ
वितरणयोग्य मुनाफा – ९८ करोड ६० लाख रुपैयाँ
खुद ब्याज आम्दानी – ५ अर्ब ८५ करोड रुपैयाँ
खराब कर्जा अनुपात (एनपीएल) – ३.१९ प्रतिशत
जगेडा कोष – ६ अर्ब ७ करोड रुपैयाँ
चुक्ता पुँजी – १४ अर्ब २० करोड
प्रतिसेयर आम्दानी (ईपीएस) – १५.५९ रुपैयाँ
मूल्य अनुपात आम्दानी (पीई रेसियो) – ११.१० गुणा
प्रतिसेयर नेटवर्थ – १५०.०८ रुपैयाँ
माछापुच्छ्रे बैंक
खुद नाफा – १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ
वितरणयोग्य मुनाफा – १ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ
खुद ब्याज आम्दानी – ५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ
खराब कर्जा अनुपात (एनपीएल) – २.१२ प्रतिशत
जगेडा कोष – ४ अर्ब ४६ करोड रुपैयाँ
चुक्तापुँजी – १० अर्ब २५ करोड रुपैयाँ
प्रतिसेयर आम्दानी (ईपीएस) -१८.०५ रुपैयाँ
मूल्य अनुपात आम्दानी (पीई रेसियो) – १२.८४ गुणा
प्रतिसेयर नेटवर्थ – १५९.१ रुपैयाँ
सानिमा बैंक
खुद नाफा – २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ
वितरण योग्य मुनाफा – २ अर्ब २० करोड ९६ लाख रुपैयाँ
खुद ब्याज आम्दानी – ६ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ
प्रतिसेयर आम्दानी – २१.२ रुपैयाँ
मूल्य आम्दानी अनुपात – १२.३९ गुणा
प्रतिसेयर नेटवर्थ – १५५.५१ रुपैयाँ
चुक्तापुँजी -१२ अर्ब ४६ करोड १ लाख रुपैयाँ
जगेडा कोष – ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ
सिद्धार्थ बैंक
खुद नाफा – ३ अर्ब १९ करोड १ लाख रुपैयाँ
खुद ब्याज आम्दानी – ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँ
वितरणयोग्य मुनाफा – ७९ करोड ५७ लाख रुपैयाँ
प्रतिसेयर आम्दानी – २२.६४ रुपैयाँ
मूल्य आम्दानी अनुपात – ११.१७ गुणा
प्रतिसेयर नेटवर्थ – १८०.७३ रुपैयाँ
चुक्ता पुँजी – १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ
जगेडा कोष – ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ




