सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य कुनै फेरबदल भएको छैन । योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

हिजो छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। यो दिन छापावाला सुन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो।

आज चाँदी तोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलाको १ हजार ४२५ रुपैयाँमै चाँदी कारोबार भएको थियो। यो दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *