

काठमाडाैं। साताको अन्तिम दिन आज सेयर बजारमा झिनो अंकले बढेको छ ।
यसदिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३ अंकले बढेर २०८९.८४ को विन्दुमा उक्लिएको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.२५ अंकले बढेर ३९९.५४ को विन्दुमा पुगेको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ५१ लाख ३० हजार ५२० कित्ता सेयर एक अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०२ रुपैयाँमा किनबेच भएका छन् ।
आज व्यापार समूह सर्वाधिक १.८१ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.५८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.४५ प्रतिशत, लगानी समूहमा ०.१५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२८ प्रतिशत, लघुवित्त समूहमा ०.२८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.२४ प्रतिशतको बढोत्तरी भएको छ।
आज वित्त समूह सर्वाधिक १.५२ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.५८ प्रतिशत घट्दा विकास बैंक समूहमा ०.२० प्रतिशत, जलविद्युत समूहमा ०.५७ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.४५ प्रतिशतको गिरावट आएको छ।
आज शिवम सिमेन्टको सर्वाधिक ९ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
त्यसैगरी, सीएचडीसी, आईसीएपसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी, प्राइम कमर्सियल बैंक, अपर तामाकोशी, सोल्टी होटेल र हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

अर्थ सन्जाल