कामना सेवा विकास बैंकको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० मा कामना सेवा विकास बैंकको नाफामा गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा २६.९३ प्रतिशतले घटेको हो ।

गत असार मसान्तसम्म बैंकको खुद नाफा ४३ करोड ११ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ५९ करोड ८५ हजार रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५ करोड ८० लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा २०.०४ प्रतिशतले घटेर ६९ करोड १५ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ८६ करोड ४८ लाख रुपैयाँमा सीमित थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।

यस अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.९८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.३१ प्रतिशत थियो। खराब कर्जा बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ५० करोड ३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज २८ करोड ४१ लाख रुपैयाँ थियो।

बैंकको जगेडा कोषमा १ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ । यो अवधिमा बैंकले ५३ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १३.१४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.७८ रुपैयाँ थियो। ईपीएस ३०.०३ प्रतिशतले घटेको छ।

मूल्य अनुपात आम्दानी (पीई रेसियो) २४.८८ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६.४६ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *