सामान्य अंकले बढ्यो नेप्से

काठमाडाैं । आज सेयर बजारमा सामान्य अंकले उकालो लागेको छ ।

यसदिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ९.२५ अंकले बढेर २०८६.८४ को विन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.५६ अंकले बढेर ३९८.२८ को विन्दुमा पुगेको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटा समूहमा रातो पोतिएको छ । नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका ९३ लाख ६१ हजार ७८६ कित्ता सेयर कारोबार रकम एक अर्ब ८१ करोड २४ लाख ७३ हजार ८५६ रुपैयाँ बढीको भएको छ ।

त्यसैगरी,  शिवम सिमेन्टको सर्वाधिक ११ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज सानिमा बैंकको संस्थापक सेयरको ८ करोड ९० लाख रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सको ६ करोड ९१ लाख रुपैयाँ, अपर तामाकोशीको ५ करोड ९१ लाख रुपैयाँ, सोल्टी होटेलको ५ करोड २७ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको संस्थापक सेयरको ४ करोड ७३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ४ करोड ५७ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ४ करोड ७ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड ५७ लाख रुपैयाँ र कुमारी बैंकको संस्थापक सेयरको ३ करोड ५५ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *