सरकारले २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउँदै, असोजभित्रै ५५ अर्ब उठाउने

काठमाडौं । चालु वर्षमा सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको वार्षिक आन्तरिक ऋण निष्काशनको तालिका सार्वजनिक गरेको छ।

सरकारले चालु आर्थिक वर्षमा कुल २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । जसमा ट्रेजरी बिलमार्फत ५५ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत १ र्ख ७९ अर्ब रुपैयाँ, नागरिक बचतपत्र (५ वर्षे)मार्फत ५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्र (५वर्षे)मार्फत १ अर्ब रुपैयाँ रहेको छ ।

जसमध्ये ५५ अर्ब रुपैयाँ असोज मसान्तभित्र उठाउने छ। पुसभित्र अर्को ५५ अर्ब आन्तरिक ऋण उठाइने छ । चैतसम्म अर्को ५३ अर्ब थपिने छ । बाँकी रहेको ७७ खर्ब असार मसान्तसम्म उठाउने तालिकामा उल्लेख छ ।

साउन १८ गते १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने छ । यस अवधि ६ बर्षको हुने छ। साउन २९ मा फेरि अर्को १० अर्ब उठाउने छ। यसको अवधि ८ बर्षको हुने छ। साउन २३ गते २ अर्बको ३६४ दिने ट्रेजरी बिल जारी गर्ने छ।

सरकारले ५५ अर्बको ट्रेजरी बिल, एक खर्ब ७९ अर्बको विकास ऋणपत्र, ५ अर्बको विकास ऋणपत्र, एक अर्बको वैदेशिक रोजगार बचतपत्र पनि जारी गर्ने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *