काठमाडौं । होटेल क्राउन इम्पेरियलले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटलाई नियुक्त गरेको छ ।
अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलको सर्वसाधारणमा बिक्री गरिने १०० रुपैयाँ अंकित दरका १ अर्ब १५ करोड रकम बराबरको १ करोड १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने प्रक्रिया शुरु गरेको हो ।
बिक्री प्रबन्धक नियुक्त सम्बन्धी सम्झौातामा कलक्ष्मी क्यापिटला प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलका प्रबन्ध संचालक सुधिरमान मास्केले हस्ताक्षर गरेका छन् ।
कम्पनीले २०७६ असार १३ बाट रविभवन, काठमाडौँमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ ।




