

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था (साविकको सिभिल लघुवित्त) ले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म संस्थाको नाफासँगै अघिकांश सूचकले नकारात्मक प्रदर्शन गरेको छ ।
असार मसान्तसम्म संस्थाको खुद नाफा ७८.५० प्रतिशतले घटेर १ करोड ५३ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ७ करोड १४ लाख रुपैयाँ रहेको थियो ।
संस्थाको सञ्चालन मुनाफा ७९.०४ प्रतिशतले घटेर २ करोड १९ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १० करोड ४० लाख रुपैयाँ रहेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी पनि २४.५२ प्रतिशतले घटेर २० करोड २३ लाख पुगेको छ । अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २६ करोड ८० लाख रुपैयाँ रहेको थियो।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) १.४७ प्रतिशतबाट बढेर २.३७ प्रतिशत पुगेको छ । एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर १ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको जगेडा कोषमा ८ करोड ८० लाख रुपैयाँ सञ्चित छ। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ८१ पैसाबाट घटेर ४ ४ रुपैयाँ ८१ पैसामा खुम्चिएको छ । मूल्य अनुपात आम्दानी (पीई रेसियो) भने १५६.७६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा रहेको छ।
संस्थाले ३ अर्ब १७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अर्थ सन्जाल