भ्रष्टाचारका थप फाइल खुल्नेवाला छन्, सबैको दह्रो साथ चाहिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका थप फाइल खुल्दै जाने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानमा अहिले नागरिक तहबाट पाएको साथले सरकारको मनोबल बलियो भएकाले थप फाइल छिट्टै खुल्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘युवा तहबाट सरकारले अभियानमा जुन समर्थन पाएको छ, आउने दिनमा अरू फाइल खुल्दै जानेवाला छन् ।’ सरकारले भ्रष्टाचारका फाइल खुलाउँदै जाँदा विभिन्न ठाउँबाट अवरोध आइरहेकाले सरकारलाई सबैको समर्थन र साथ आवश्यक रहेको उनले बताए ।

आमनागरिकले साथ नदिइकन भ्रष्टाचारविरुद्धको यो लडाइँ सरकार एक्लैले जित्न नसक्ने भन्दै प्रचण्डले सरकारले लिएको लक्ष्यमा विजयी हुने गरेर साथ दिन आग्रह गरे । उनले वर्तमान सरकार नागरिकको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *