काठमाडौं । सेयर बजारको ओरालो यात्राले आज (आईतवार) पनि निरन्तरता पाएको छ ।
आज नेप्से परिसूचक २६.१४ अंकले घटेर २,१००.३४ बिन्दुमा झरेको छ । ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.१७ अंकले ३९९.६६ बिन्दुमा झरेको छ ।
आज १३ वटै उपसूचकको सेयरमूल्य घटेको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीहरुको ६८ लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५० करोड २८ लाखमाथिको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १८ वटाको मात्र सेयरमूल्य बढेको छ भने १८९ कम्पनीको सेयर मूल्य घटेको छ ।




