अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सरकार जनताको अवस्था बदल्न क्रियाशील : प्रधानमन्त्री प्रचण्ड

  • अर्थ सन्जाल
  • १४ श्रावण २०८०, आईतवार १४:२०


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको बताएका छन् ।

वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘माधव सर’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकार सुशासन कायम गर्दै समृद्धिको पक्षमा प्रभावकारी तवरले उभिएको स्पष्ट पारे ।

उनले भने, ‘पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा गरिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको छ । यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ ।’ प्रधानमन्त्री प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यबद्धता व्यक्त गर्ने आम जनसमुदायमा हार्दिक आभारसमेत प्रकट गरे।

उनले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले नेपालको वामपन्थी आन्दोलन, शैक्षिक जगत र साहित्यिक क्षेत्रमा मरहठ्ठाले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे। उनले भने ‘जनयुद्धको आधार इलाकाका रूपमा गोरखा जिल्लाको जुन पहिचान, छवि र योगदान स्थापित छ, त्यसका पछाडि मरहठ्ठा सरजस्ता बौद्धिक, जुझारु र क्रान्तिकारी योद्धाको निष्ठा, त्याग, समर्पण र बौद्धिक सिर्जनशीलता अन्तरनिहित छ ।’ मरहठ्ठाको भूमिका र योगदान परिवर्तनको आन्दोलन, शैक्षिक रूपान्तरण र प्रगतिशील संस्कृति निर्माणका दृष्टिले अमर रहने प्रधानमन्त्रीको भनाइ छ ।

पुस्तकमा ‘माधव सर’को जीवनी, योगदान र प्रेरणालाई बहुआयाममा उल्लेख गरिएको छ । पुस्तकमा परिचय खण्ड, परिवारको दृष्टिमा, इष्टमित्रको दृष्टिमा, राजनीतिज्ञ र साथीभाइको दृष्टिमा र विद्यार्थीको दृष्टिमा माधव सरको व्यक्तित्वलाई विविध कोण र विश्लेषणका साथ चर्चा गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको बताए ।

‘सरकार गठनको सात महिनासम्म पुग्दा जे-जति मेहनत गरिएको छ, त्यसबाट जे-जस्ता उपलब्धिहरू हासिल भएका छन्, त्यसले देश र जनताको पक्षमा इमानदार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रमाणित गर्दछ’, प्रधानमन्त्री प्रचण्डले भने । पुस्तक माधवप्रसाद मरहठ्ठा स्मृति फाउन्डेसनले प्रकाशन गरेको थियो ।

उक्त पुस्तक घोष्ट राइटिङ नेपालले तयार पारेको हो । कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेता हितराज पाण्डे, कल्पना धमलालगायतको उपस्थिति थियो ।

Artha Sanjal
मिती : १४ श्रावण २०८०, आईतवार १४:२० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

१८.६० अंकले ओरालो लाग्यो सेयर बजार, १३ वटै सूचक राताम्मे

आईपीओ भर्दा बैंक खातामा पैसा नभए तुरुन्तै रिजेक्ट हुने

चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

ताजा समाचार

  1. १८.६० अंकले ओरालो लाग्यो सेयर बजार, १३ वटै सूचक राताम्मे
  2. आईपीओ भर्दा बैंक खातामा पैसा नभए तुरुन्तै रिजेक्ट हुने
  3. चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)
  4. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  5. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  6. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  7. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.