गल्फ लुब्रिकेन्टको डिलर मिट सम्पन्न

काठमाडौँ। गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले आफ्नो डिलर मिट सम्पन्न गरेको छ । ‘रिविल्ड, पर्सिभर, एण्ड थ्राइभ’ नारामा डिलर मिट सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार धुलिखेलमा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो । देश आर्थिक मन्दीमा गुज्रिरहेको समयमा डिलरले सामना गरेको समस्याको गम्भीर रुपमा समीक्षा भएको र आगामी दिनमा कसरी व्यवसायलाई मजबुत बनाई अगाडी बढ्ने भन्ने विषयमा छलफल हुनुको साथ बृहत रोड म्याप तयार गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने, “आफ्नो भन्दा पनि समग्रमा परेको वाह्य असरका कारणले गत वर्ष देशका अन्य उद्योगहरु जस्त हामीले पनि विभिन्न समस्याहरु सामना गर्नु परेको थियो । परिस्थितिमा अझै केहि समयसम्म सुधार हुने छाटकाट भने देखिएको छैन । त्यसैले आगामी दिनमा उत्पन्न हुनसक्ने पारिस्थितिहरुलाई विभिन्न समय सान्दर्भिक रणनीती बनाई आफ्नो व्यवसायलाई मज़बूत बनाउदै अगाड़ी बढ्न जरुरी छ । यसको लागि हामी सबैको एकेबद्धता अपारिहार्य छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *