एनआईबीएल सहभागिता फण्डले ४ प्रतिशत लाभांश दिने

काठमाडौं । खुलामुखी सामूहिक लगानी योजना एनआईबीएल सहभागिता फण्डले ४ प्रतिशत नगद लाभांश दिने भएको छ । एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित उक्त योजनाको योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको ११ साउनमा बसेको बैंठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोष प्रवर्द्धक रहेको एनआईएमबी एस क्यापिटल योजना व्यवस्थापक रहेको योजनाले २०७९/८० को मुनाफबाट लाभांश प्रस्ताव सहित इकाइधनी दर्ता किताब बन्द र लाभांश पुनः लगानीको प्रस्ताव गरेको हो ।

११ साउनमा नै इकाइधनी दर्ता किताब बन्द गर्ने निर्णय भएकोले ११ साउनसम्म कायम इकाईधनीले मात्रै उक्त लाभांश पाउने भएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *