सेयर बजारको ओरालो यात्रामा निरन्तरता, १९३ कम्पनीको सेयरमूल्य घट्यो

काठमाडौं । सेयर बजारको ओरालो यात्राले आज (बिहीबार) पनि निरन्तरता पाएको छ । यस दिन पनि सेयर बजारमा १.३७ प्रतिशतले गिरावट आएको छ । मौद्रिक नीति सार्वजनिक भएपश्चात सोमबारदेखि निरन्तर ओरालो लागेको बजारमा आज पनि गिरावट आएको हो ।

बिहीवार नेप्से परिसूचक २९.७१ अंकले घटेर २,१२६.४८ बिन्दुमा झरेको छ । ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ५.२६ अंकले ४०३.८४ बिन्दुमा झरेको छ ।

आज १३ वटै उपसूचकको सेयरमूल्य घटेको छ । नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको ६२ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४२ करोड ५७ लाखमाथिको कारोबार भएको छ ।

आज सर्वाधिक व्यापार उपसूचक २.६५, फाइनान्स उपसूचक २.२३, अन्य उपसूचक २.१२ र होटल तथा पर्यटन उपसूचक २.०२ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १६ वटाको मात्र सेयरमूल्य बढेको छ भने १९३ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज शिवम सिमेन्टको १० करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *