दशैं लगत्तै सानिमा बैंकले ब्याजदर घटायो

काठमाडौं । दशैं बिदा लगत्तै सानिमा बैंकले ब्याजदर घटाएको छ । आइतबार बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै घटेको जानकारी दिएको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार मुद्दति निक्षेपमा अधिकतम ८ दशमलव ५१ प्रतिशत तोकिएको छ । यस अघि बैंकले मुद्दति निक्षेपमा ९।५१ प्रतिशत तोकेको थियो ।

मुद्दति निक्षेपमा ब्याजदर घटेसँगै ऋणको समेत ब्याजदर घट्ने भएकाले ऋण लिनेलाई राम्रै हुनेछ । सानिमा बैंकको अहिले ६।५३ प्रतिशतमात्रै बेस रेट रहेको छ । बेस रेटमा केही प्रतिशत प्रिमियम तोकेर बैंकहरुले ऋणको ब्याजदर लिने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *