

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिले गरेको निर्णयानुसार उक्त सभा आगामी साउन ३१ गते सर्लाहीको मंगलवास्थित । बैठकले बुक क्लोजको मिति पनि तय गरेको छ।
सभाले आर्थिक वर्षको २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी २ करोड रुपैयाँको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश छन्।
सभाले उक्त आर्थिक वर्ष वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले साउन २१ गतेदेखि साउन ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १८ गते (साउन १९ गते शुक्रबार र साउन २० गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
Artha Sanjal

अर्थ सन्जाल