लगातार तेस्रो दिन पनि सेयर बजारमा गिरावट

काठमाडौं । लगातार तेस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार उछाल आएको बजार त्यसपश्चात निरन्तर ओरालो लागिरहेको छ ।

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ८.११ अंकले गिरावट घटेर २१५६.२० बिन्दुमा झरेको छ । त्यस्तै आजबलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०५ अंकले घटेको घटेर ४०९.११ विन्दुमा पुगेको छ ।

नेप्से घट्दा ३ वटा उपसूचक मात्र बढेका छन् भने बाँकी १० वटा उपसूचक घटेको छ । बुधबार २६० कम्पनीका ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७५९ रुपैयाँको कारोबार भएको छ ।

बजार घटेपनि किसान लघुवित्तको सेयर मूल्य आज पनि सर्वाधिक बढेको छ । कम्पनीको आज सेयरमूल्य ६.९६ प्रतिशतले बढेर १०२५ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज बाराही हाइड्रोपावर, इमर्जीङ नेपाल, बिसाल बजार कम्पनी, लगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।

आज ग्लोबल आइएमई बैंकको प्रमोटर सेयर सर्वाधिक खरिदबिक्री भएको छ । आज ६७ कम्पनीको सेयर मूल्य बढेको छ, भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *